रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई डिल्ली बजार बोलाए

रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई डिल्ली बजार बोलाए

काठमाडौं । सर्वाेच्च अदालतकाे फैसलापछि रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई छलफलका लागि कारागारमा बोलाएका छन् ।

केन्द्रीय समिति र काठमाडौं पायक पर्ने नेताहरूलाई १० बजे कारागारमा छलफलमा बोलाइएको नाउपका उपाध्यक्ष लक्ष्मण किशोर चौधरीले बताए ।सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल हुने उनले जानकारी दिए ।

एक  नेताहरुका अनुुसार डिल्ली बजार भेटमा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुुनेछ ।