रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर

रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर

काठमाडौँ । टिकापुर नरसंहारका प्रतिवादी रेशमलाल चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले समेत सदर गरेको छ ।

मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो । इजलासले प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपित कसुरबाट सफाइ दिएको छ। सीताराम र गंगारामलाई उच्च अदालत दीपायलले जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।

सर्वोच्च अदालतको फैसलामा जन्मकैदको सजाय सुनाइएका लक्ष्मण थारु चौधरीको हकमा भने जन्मकैदको फैसला उल्टाएर ज्यान मार्ने उद्योगमा ३ वर्षको मात्रै कैद सजाय सुनाइएको छ ।अदालतको फैसलापछि पूर्वसांसद समेत रहेका चौधरी अहिले डिल्लीबजार कारागारमा छन्।