सन्दीपको विश्व–११ वेस्ट इन्डिजद्धारा पराजित (हेर्नुस् भिडियो)

सन्दीपको विश्व–११ वेस्ट इन्डिजद्धारा पराजित (हेर्नुस् भिडियो)

लन्डन । वेस्ट इन्डिजले आइसिसि विश्व – ११ को टोलीलाई मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा ७२ रनको फराकिलो अन्तरले हराएको छ। पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटमा १ सय ९९ रन बनाएकाे थियो । जवाफमा विश्व–११ टिम १ सय २७ रन मात्र बनाएर अलआउट भयो।

वेस्ट ईन्डिज बिरुद्ध सन्दिपले गरेको एक ओभर (हेर्नुस् भिडियो)

 

विश्व एघारका लागि थिसरा परेराले सर्वाधिक ६१ रनको योगदान दिए भने सोहिब मलिकले १२, शाहीद अफ्रिदीले ११, मिचेल म्याकलेनाघनले १०, रसिद खानले ९, साम बिलिङ्सले ४ तथा सन्दीप लामिछानेले अविजित ४ रनको योगदान दिए । दिनेश कार्तिक शून्यमै आउट भएका थिए । बलिङमा वेस्ट इन्डिजका केसरिच विलियम्सले ३ विकेट लिए भने आन्द्रे रसेल र स्यामुयल बद्रीले २-२ विकेट लिए।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन जोडेको थियो। वेष्ट इण्डिजका लागि इर्भिन लुइसले ५८ रन, दिनेश रामदिनले ४४ रन, मर्लुस सामुयल्सले ४३ रन, क्रिश गेलले १८ रन, एन्ड्रु रसेलले २१ रन तथा आन्द्रे फ्लेचरले ७ रन बनाएका थिए । बलिङतर्फ रसिद खानले २ विकेट लिए भने शोहिव मलिक र शाहीद अफ्रिदीले १–१ विकेट हात पारे ।

सन्दीपले १ ओभरम बलिङ गर्दा १२ रन खर्चिएका थिए। सन्दीपले १३ ‍औं ओभरमा बलिङ गरेक थिए। उनको पहिलो बलमा वेस्ट इन्डिजका दिनेश रामदिनले १ रन लिए। दोस्रो बलमा मार्लोन स्यामुयल्सले पनि १ रननै लिएका थिए। तेस्रो बलमा रामदिनले १ रन लिदा चौथो बलमा स्यामुयल्सले छक्का प्रहार गरेका थिए। पाँचौ बलमा स्यामुयल्सले ठूलो सर्ट प्रहार गरेका थिए। तर टाइमन मिल्सले बाउन्ड्री लाइन नजिक रोक्दा स्यामुयल्सले ३ रन लिए। अन्तिम बलमा भने रामदिलने रन लिन सकेनन्।

-मेरो क्रिकेटबाट