

काठमाडौं, १८ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलन कार्यलाई सरकारले रोक लगाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।
फाउन्डेसनले कानुनविपरीत चन्दा संकलन गरिहेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दा उठाउन रोक लगाएको हो ।