टोपबहादुर रायमाझी सांसदबाट निलम्बित

टोपबहादुर रायमाझी सांसदबाट निलम्बित

काठमाडौँ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट पनि निलम्बित भएका छन्।

सोमबार उनलाई सांसदबाट निलम्बन गरिएको जानकारी सभामुख देवराज घिमिरले संसद बैठकमा पढेर सुनाएका थिए। पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि रायमाझी सांसदबाट पनि निलम्बनमा परेका हुन्।

यसअघि वैशाख २७ गते नेकपा (एमाले)ले पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो।