

काठमाडौं, १८ जेठ । सामुदायिक विद्यालयहरुले अवदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । उक्त विधेयक कानुन् आयोगद्धारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाईसकेको बताईन्छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौँ ।
उक्त विधेयकमा भनिएको छ– ‘आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न बालबालिका सार्वजनिक विद्यालयमा भर्ना भई माध्यामिक तहसम्म अध्ययन गर्दा उनीहरूसँग भर्ना शुल्क, अध्ययन गर्दा वा परीक्षामा सामेल हुँदा निज वा निजको अभिभावकबाट भर्ना, मासिक वा अध्ययन शुल्क, प्रयोगशाला शुल्क, खेलकुद वा अन्य कुनै नाममा शुल्क, दस्तुर, सहायता, चन्दा, दान वा अनुदान लिन सकिने छैन।’