शरणार्थी प्रकरणबारे तथ्य-प्रमाण खोज्दैछु : ओली

शरणार्थी प्रकरणबारे तथ्य-प्रमाण खोज्दैछु : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् ।

‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु,’ ओलीले भने ।