काठमाडौं, १७ जेठ । गठन भएको दुई साता नबित्दै नेपाल कम्युनिस्ट पार्टीले नाम परिवर्तन गरेको छ । नेकपा एमाले र नेकपा माओवादीबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइन परिवर्तन भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुने भएको हो । पार्टी संसदीय दलको हिजोको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा आज निवेदन दिने तयारी छ ।
४५ सदस्यीय स्थायी समिति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीले पूर्णता पाएको छ । तत्कालीन एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ नेता स्थायी कमिटीमा परेका छन् ।
१. केपी शर्मा ओली
२. पुष्पकमल दाहाल प्रचण्ड
३. माधवकुमार नेपाल
४. झलनाथ खनाल
५. वामदेव गौतम
६. नारायणकाजी श्रेष्ठ
७. ईश्वर पोखरेल
८. रामबहादुर थापा
९. विष्णु पौडेल
१०. सुवास नेम्वाङ
११. भीम रावल
१२. अष्टलक्ष्मी शाक्य
१३. युवराज ज्ञवाली
१४. घनश्याम भुसाल
१५ . प्रदीप ज्ञवाली
१६. पृथ्वीसुब्बा गुरुङ
१७. भीम आचार्य
१८. गोकर्ण विष्ट
१९. योगेश भट्टराई
२०. शंकर पोखरेल
२१. सुरेन्द्र पाण्डे
२२. किरण गुरुङ
२३. मुकुन्द न्यौपाने
२४. सत्यनारायण मण्डल
२५. छविलाल विश्वकर्मा
२६. विष्णु रिमाल
२७. रघुजी पन्त
२८. बेदुराम भुसाल
२९. रघुवीर महासेठ
३०. देव गुरुङ
३१. टोपबहादुर रायमाझी
३२. गिरिराजमणि पोखरेल
३३. हरिबोल गजुरेल
३४. अग्नि सापकोटा
३५ .वर्षमान पुन
३६. शक्ति बस्नेत
३७ .जनार्दन शर्मा
३८. पम्फा भुसाल
३९. मातृका यादव
४०. गणेश साह
४१. लेखराज भट्ट
४२. देवेन्द्र पौडेल
४३. चक्रपाणि खनाल
४४. लीलामणि पोखरेल
४५. मणि थापा