काठमाडौं । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको संघीय समाजवादी फोरम नेपालले मन्त्री चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई जिम्मा दिएको छ ।
फोरम नेपालको आज बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउन नसकेपछि अध्यक्ष यादवलाई जिम्मा लगाएको हो। फोरमले दुई मन्त्रीसहित एक राज्यमन्त्री पाएको छ । उक नेताका अनुसार अध्यक्ष यादव आफैँ शहरी विकास मन्त्रालयको जिम्मवारी सम्हाल्ने तयारीमा छन् । अरु एक मन्त्री र एक राज्यमन्त्रीको चयन पनि यादवलेनै गर्नेछन्। फोरमका उपेन्द्र यादव लगायतको टिमलाई भोलिसम्म शपथग्रहण कार्यक्रमको तयारी रहेको बुझिएको छ।