रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । उपनिर्वाचनबाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ । बैठकको पूर्वसन्ध्यामा आइतबार लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए ।रास्वपाले आज सरकारले दिएको समर्थनमा सन्दर्भमा निर्णय लिने छ । यसैगरी, आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको छ ।