

काठमाडौं । बिभिन्न माग राख्दै धर्नासहितको आन्दोलन सुरु गर्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनको माग पुरा गर्न सरकार सकारात्मक देखिएको छ ।
आइतबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागीसंगको वार्ता सरकारात्मक भएको पुनले जानकारी दिनुभयो । चार बुँदे मागका बिषयमा छलफल गर्न सरकारले वार्ता टोली गठन गर्ने र छिटो भन्दा छिटो माग पुरा गर्ने सहमति भएको पुनले बताउनुभयो । सरकारले पुरा गर्न सक्ने माग मात्रै आफुले राखेको भन्दै चार वटा मागका बारेमा सरकारी टोलीलाई जानकारी गराएको उहाले बताउनुभयो । उहाले आफ्ना मागबाट पछि नहट्ने स्पष्ट पार्नुभयो ।
वार्ताका क्रममा सरकारी टोलीले आन्दोलन फिर्ता दिन आग्रह गरेको तर सहमति नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको पुनले जानकारी दिनुभयो ।