काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अपेक्षाअनुसारको बजेट नआएको प्रतिक्रिया दिएका छन्। थापाले संसदमा प्रस्तुत भएको बजेटबारे प्रतिक्रिया दिँदै उनले बजेट उत्साहजनक नरहेको दाबी गरे। उनले भने, ‘प्रधानमन्त्रीले पहिलादेखि बोल्दै गर्दा बजेट त ल्याउन देऊ भन्नुहुन्थ्यो। त्यस अधारमा बजेट निकै उत्साहजनक आउँछ भन्ने सोचेका थियौँ तर त्यस्तो केही भएन।’
बजेटको प्रारम्भिक अध्ययनका क्रममा बजेट कुनै तरंग ल्याउने खालको नरहेको बताए। उनले भने, ‘सरकार दुई तिहाईको छ। यस्तो अनुकूल हुँदा पनि बजेटमा नयाँपन छैन। हामीले बजेटले केही तरंग ल्याउँछ भन्ने सोचेका थियौँ।ु अहिलेको सरकारले केही जोखिम पनि उठाउन नसकेको थापाले बताए। उनले भने, ‘अहिलेको सरकारले जोखिम उठाउन सकेन। पहिला बजेट आएपछि अर्थमन्त्रीको, प्रधानमन्त्रीको पुत्ला जल्थ्यो तर बजेट सुन्दै गर्दा अहिलेको बजेटमा त्यस्तो जोखिम केही छैन। यो सरकार डराएजस्तो देखियो।’