काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा राप्रपा पनि सडक संघर्षमा जाने राप्रपाको चेतावनी छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गरेका छन् । अध्यक्ष लिङ्देनले चेतावनी दिँदै भने, ‘सरकारले मिटरब्याज पीडितहरु र तराइमा आन्दोलनरत हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गरोस् । अन्यथा जिम्मेवार राजनीतिक पार्टीको नातो राप्रपा उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्न चाहन्छु ।’