काठमाडौँ, १५ जेठ । संघीय संसदमा पहिलो पटक आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट पेश हुँदैछ । सरकारको तर्फबाट अर्थ मन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा. खतिवडाले आज दिउँसो ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।
विगत १० वर्षमा राजस्वको औसत वृद्धि २२ प्रतिशत छ । २५ प्रतिशत राजस्व वृद्धिको लक्ष्य लिइए साढे १२ खर्ब हाराहारी र अाँट गरेर अाएमा ३० प्रतिशत राजस्व वृद्धिको लक्ष्य लिएमा १३ खर्बको बजेट अाउन सक्ने अनुमान छ । सरकारले चालू आर्थिक वर्षका लागि गत वर्ष १२ खर्ब ७८ अर्बको बजेट ल्याएको थियो ।
» घरजग्गाको कारोबारमा कडाइ
» घरजग्गाको कारोबारमा कडाइ
» सवारीसाधनमा कर बढ्दै
» निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज
» चोर बाटोबाटै सांसदलाई पैसा
» ज्येष्ठ नागरिक तथा कर्मचारीलाई बिमा