गणतन्त्र दिवसमा राष्ट्रपतिद्धारा ८१६ जना कैदीलाई माफी

गणतन्त्र दिवसमा राष्ट्रपतिद्धारा ८१६ जना कैदीलाई माफी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ कैदीको बाँकी कैद मिनाहा गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयले सोमवार राती जारी गरेको विज्ञप्तीमा ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’ भनिएको छ । 

गएको कात्तिक १४ गते पक्राउ परेका बालकृष्ण ढुंगेललाई पनि  ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रावधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त हुन लागेका हुन् ।