काठमाडाैँ, जेठ १४ । आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई तेस्रोपटक आईपीएलको च्याम्पियन बनेको हो । शेन वाट्सनले विस्फोटक व्याटिङ गर्दै सतकिय पारि खेलेपछि आईपीएल क्रिकेट प्रतियोगिताको उपाधी चेन्नाई सुपर किंग्सले जित्याे । आईपीएलमा २ बर्षको प्रतिबन्ध पछि आएको महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै उपाधी जितेको हो ।
आईपीएलमा २ वर्षको प्रतिबन्धपछि आएको चेन्नईलाई विजयी बनाउन शेन वाटशनले नटआउट १ सय १७ रन बनाए । विष्फोटक व्याटिङ गरेका वाटसनले मात्र ५७ बलमा ८ छक्का र ११ चौकाको मद्दतमा १ सय १७ रन बनाए । सुरेश रैनाले ३२ तथा फाप डु प्लेसिसले १० रनको योगदान गरेपछि १ सय ७९ रनको लक्ष्य चेन्नईले खेल सकिन ९ बल बाँकी हुँदै भेट्टाएको थियो । मुम्बईमा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।हैदरावादकालागि केन विलियम्सनले ४७ रन बनाए भने युसुुफ पठान ४५ रनमा नट आउट रहे । यससँगै, चेन्नईले आईपीएलको यही सिजनमा हैदरावादलाई ४ पटक पराजित गर्याे ।