लोसपाबाट बारा २ मा राजेन्द्र महतो चुनाव लड्ने

लोसपाबाट बारा २ मा राजेन्द्र महतो चुनाव लड्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अन्ततः वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिने भएका छन् ।

उनी पार्टीका तथा नेता कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी दिने मनस्थितिमा पुगेको लोसपाका एक कार्यकारिणी सदस्यले बताए । उनले भने, ‘बारा २ मा चुनावको तयारी गर्न हामीलाई भनिसक्नु भएको छ, उहाँले चुनाव लड्ने मनस्थिति बनाई सक्नुभएको छ ।’ लोसपाको आज बस्ने कार्यकारिणी समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।