उपत्यकामा रगत अभाव

उपत्यकामा रगत अभाव

काठमाडौं । काठमाडौं उपत्यकामा रगत अभाव भएको छ । मागको तुलनामा अत्यन्तै न्युन परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्रसञ्चार केन्द्रले जनाएको छ । यो खबर आजको नागरिक दैनिकबाट लिएका हौं ।

सामान्यतया दसैतिहारजस्ता चाडमा लगातार धेरै दिन विदा हुँदा केन्द्रमा रगत अभाव हुन्त्यो । पछिल्ला दिनमा भने सधैजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन् । ठुला अस्प्ताल खुल्नु र ती अस्पतालमा विभिन्न खालका शल्यक्रिया सेवा सुरु भएसँगै रगतको माग ह्वात्तै बढेको छ ।