सभामुखमा महन्थ ठाकुरलाई प्रस्ताव

सभामुखमा महन्थ ठाकुरलाई प्रस्ताव

काठमाडौं, १३ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ । यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको थियो । नेकपाका नेताहरुले ठाकुरलाई सभामुख हुने प्रस्ताव गरेका छन् । यो खबर आजको कारोबार दैनिकबाट लिएका हौं ।

हाल कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ । यसले गर्द केहीले यसमा हेरफेर हुनसक्ने देखेका छन् । केहीले भने पार्टीले नचाहे यसमा हेरफेर हुन नसक्ने बताएका छन् ।