उपराष्ट्रपति निर्वाचन मतदान सकियो, मतगणना साढे ३ बजेबाट

उपराष्ट्रपति निर्वाचन मतदान सकियो, मतगणना साढे ३ बजेबाट

काठमाडौं, ३ चैत । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको साढे ३ बजेबाट मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।