उपराष्ट्रपतिमा जसपाका रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णय

उपराष्ट्रपतिमा जसपाका रामसहायलाई  मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं ।नेपाली कांग्रेसले यही चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका संसदीय दल नेतासमेत रहेका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।