काठमाडौं, १२ जेठ । संघीय संसद्मा सरकारले पेस गरेको आगामी आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममाथिको छलफल हिजो सकिएको छ । संघीय संसद्का दुई सदन मध्ये प्रतिनिधिसभामा ३ दिन र राष्ट्रिय सभामा २ दिन चलेको छलफलमाथि सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्री केपी शर्मा आलीले आइतबार जवाफ दिने भएका छन् ।
-नीति तथा कार्यक्रम सिर्जशीलता र नयाँपन छैन, अवसर खेर जाने डर: शेरबहादुर देउवा
-रेल ल्याउने र जहाज ल्याउने सपना छोड्नुस्, मार्गचित्र कोर्नुस्ः विजयकुमार गच्छदार
-नीति तथा कार्यक्रममा सरकारले अन्तरिक्षको कुरा राख्न बिर्सेजस्तो छ: प्रकाशमान सिंह
-नीति तथा कार्यक्रममा सुन्दर कविता, कविता लेखेर मुलुकको अर्थतन्त्र बलियो हुँदैन: मीनेन्द्र रिजाल
-नीति तथा कार्यक्रम असल निबन्ध: ज्ञानेन्द्रबहादुर कार्की
-संविधान संशोधन र समानुपातिक समावेशी सिद्धान्तको कुरा नीति कार्यक्रममा अटाइयोस् : अनिल झा
-नीति तथा कार्यक्रममा मधेसीको ‘म’ समेत उच्चारण भएन : लक्ष्मणलाल कर्ण
-नीति तथा कार्यक्रममा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनेकुरा उल्लेख गर्नुपर्छ : महेन्द्रराय यादव
-कवि भूपी शेरचनको कविता हल्लैहल्लाको देश भनेझैँ सरकारले सपनैसपनाको देश बनाइरहेछ नीति तथा कार्यक्रममा :सरिता गिरी
–नेपालमा मोहम्मद महाथिर र ली क्वान यूका रूपमा प्रधानमन्त्री ओलीको उदय भएको देख्दै छु : खिमलाल भट्टराई
–संविधान कार्यान्वयन र संघीयता सुदृढीकरणको दिशामा बलियो कार्यक्रम: शेरबहादुर कुँवर
– राजनीतिक रूपमा आफू सचेत भएयताकै राम्रो नीति तथा कार्यक्रम :कालीबहादुर मल्ल
– नीति तथा कार्यक्रमको प्रस्तुतिमा राष्ट्रपतिबाट सामन्तवादको गन्ध : जितेन्द्र देव
–मधेसी, आदिवासीले समान अधिकार नपाएसम्म ‘समृद्ध नेपाल र खुसी नेपाली’ को नारा सार्थक नहुने, संविधान संशोधनको विषय नीति तथा कार्यक्रममा किन समेटिएन ? :रमेशप्रसाद यादव