बैसाख १४ गतेबाट रिलिज हुन लागिरहेको चलचित्र ‘ह्यापी डेज’ ले प्रमोसनको लागि भिन्न फण्डा अपनाएको छ ।
मल्टिस्टारर यस चलचित्रको प्रमोसनको लागि नायिका प्रियंका कार्की र नायक सञ्जय गुप्ता आज बग्गीमा चढेर गीत घन्काउँदै शहर परिक्रमा गरेका छन् । कार्यक्रममा निर्देशक मिलन चाम्स र निर्माता वीपी खनालको समेत उपस्थित रहेका थिए । सञ्चारकर्मीहरुसंग बोल्दै प्रियंकाले प्रमोसनको यो नौलो शैलीले ह्यापी डेजलाई फाईदा पुग्ने उनले विश्वास व्यक्त गरेकी छिन् ।
बग्गीमा बसेर शहर परिक्रममा गर्दा आफुलाई प्रिसेंन्स वाला फिलिङ भएको प्रियंकाले बताईन् । बिदेशमा नेपालीहरुले भोग्ने गरेका समस्या र प्रेमलाई देखाउँन खोजिएको ह्यापी डेजले दर्शकको मन जित्नेमा उनी ढुक्क देखिन्थिन् । नायक सञ्जयले भने प्रियंकाको कारण ह्यापी डेजमा काम गरेको बताउँदै चलचित्रले दर्शकलाई निरास नपार्ने दाबी गरे । चलचत्रिमा दयाहासङसंगै प्रियंका कार्की, सञ्जय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ ।
वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यस चलचित्रको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ । २ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’लाई मा पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथालाई उठान गरिएको छ । -फिल्मी सन्देशबाट