मिस्टर एण्ड मिस ‘एसईई अफ द इयर’ हुँदै

मिस्टर एण्ड मिस ‘एसईई अफ द इयर’ हुँदै

रिवन इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षझैं यस वर्ष पनि एसइईका विद्यार्थीहरुका बिच ‘मिस्टर एण्ड मिस एसईई अफ द इयर’ आयोजना गर्ने भएको छ।

चौथो संस्करणको यो प्रतियोगिता एसइई दिएर बसेका विद्यार्थीहरुको प्रतिभा र व्यक्तित्व विकासका लागि आयोजना गर्न लागिएको रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए। आगामी असार २ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने प्रतियोगितामा छात्रतर्फ गौरव नेपाल, नयन मगर, सन्दिप श्रेष्ठ, सुजन खुलाल, अनुराग कार्की, कुमोद कार्तीकेयन बडु, प्रनिश मगरती, सोनम खडका, प्रशान्त भण्डारी, मेलिन राजपन्थ, कन्चन खत्री, अधिक कार्की, उत्सव खतिवडा, अर्पण राई, विनम्र राउत र आशिष श्रेष्ठ गरी १६ जना निर्णायक प्रतियोगिताका लागि छानिएका छन्। त्यसै गरी युवतीतर्पm मुनस्टोन आचार्य, अराध्या साह, रितिका खडका, इशा कर्ण, सविता शर्मा, अनिसा थापा, आरति सिंह, स्वस्तिमा न्यौपाने, आस्मा थपलिया, आर्या पुडासैनी, सलिसा श्रेष्ठ, विनिसा शर्मा, प्रिया न्यौपाने, स्नेहा केसी, अपेक्षा लुईटेल , स्रिजा खरेल र चन्दा श्रेष्ठ गरी १७ जना निर्णायक प्रतिस्पर्धाका लागि चयन गरिएको छ।

श्रद्धा खरेलको संयोजन र अश्विनी झाको कोरियोग्राफीमा प्रतियोगिहरुलाई नयाँ वानेश्वरस्थित होटल रानी महलमा व्यक्तित्व विकास, नेतृत्व र कला क्षमतालगायतका विविध विषयमा विज्ञहरुद्वारा प्रशिक्षण प्रदान गरिईरहेको आयोजक निशुकान्त झाले बताए। उनका अनुसार सबै प्रतियोगीलाई छात्रवृति, गिप्mट हयाम्पर र मोडलिङका अवसर प्रदान गरिनेछ।