सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २१ गतेभित्र विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २१ गतेभित्र विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अगामी फागुन २१ गतेभित्र विश्वासको मत लिनेगरी तयारी थालेका छन् ।

केन्द्रमा आठ दलीय गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटघाट गरेर फर्किएपछि शाहले विश्वासको मतबारे प्रदेशमा दलहरुसँग छलफल थालेका छन् ।कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाह नेतृत्वको सरकारले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको विश्वासको मत पाउने अपेक्षा गरेको छ ।

मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिने र मुख्यमन्त्री शाहले विश्वासको मत लिने विषयमा छलफल भएको हो ।विश्वाको मत प्राप्त गर्न २७ मतको आवश्यकता पर्छ ।