-अनिल मल्ल-
काठमाडौं, १६ फागुन । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट नबाहिरिने भएको छ । गत १० पुुसमा एमालेसहित जनमतको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
१० पुसमा प्रधानमन्त्रीमा प्रचचण्डलाई समर्थन गरेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहितका दल सरकारबाट बाहिरिँदा जनमत भने सरकारमै रहने भएको हो ।काठमाडौंमा मंगलबार भएको जनमतनिकट विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीलाई जनमत अध्यक्ष राउतले आफूहरु सरकारबाट नबाहिरिने जानकारी दिएका हुन् । सरकार छोड्नुपर्ने जनमत कुनै परिस्थिति नआएको उनको भनाइ छ ।
राष्ट्रपतिमा स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्तिको रुपमा रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको अध्यक्ष राउतले जानकारी दिए ।