सगरमाथा आरोही महिला पत्रकारहरूलाई महासंघको बधाई

सगरमाथा आरोही महिला पत्रकारहरूलाई महासंघको बधाई

काठमाडौं, ९ जेठ । नेपाल पत्रकार महासंघले सगरमाथाको सफल आरोहण गर्ने महिला पत्रकारहरूलाई बधाई ज्ञापन गरेको छ । सगरमाथा आरोही महिला पत्रकारहरूलाई सहयोग पुर्याउने सबैलाई महासंघले धन्यवाद ज्ञापन गरेको छ ।

महिला पत्रकारहहरू रोसा बस्नेत, कल्पना महर्जन, रोजिता बज्राचार्य, देउराली चाम्लिङ, डोमा शेर्पा र पूर्णिमा श्रेष्ठको टोलीले बुधबार बिहान ६ बजे विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो ।

सगरमाथा आरोहणमा जानुअघि नेपाल पत्रकार महासंघले उनीहरूलाई सगरमाथा आरोहणको शुभकामना व्यक्त गर्नुका साथै पत्रकार महासंघको झण्डा हस्तान्तरण गरेको थियो ।

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने साहसिक कार्यमा लागेकोमा पत्रकार महासंघले उनीहरूलाई पुरस्कृत गर्ने जनाएको छ । उनीहरूलाई यस वर्षको लैंगिक समानता पत्रकारिता पुरस्कार प्रदान गरिने जानकारी कार्यवाहक महासचिव प्रकाश थापाले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।