काठमाडौँ, ८ जेठ । प्रदेश नं ४ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएवापत पाउने सेवा सुविधा शिक्षा क्षेत्रमा खर्च गर्नुभएको छ ।
नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद
दवाडीले आफु निर्वाचित भएपछि पहिलोपटक पाएको सेवा सुविधा निर्वाचन
क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको थियो ।
उहाँले आज सिरानचोक गाउँपालिका वडा नं ७ मा अवस्थित जनकल्याण माध्यामिक विद्यालय श्रीनाथकोटमा रु ५५ हजार ५५५ को अक्षयकोष स्थापना गर्नुभएको छ ।
सोही अक्षयकोषबाट आएको व्याजले गरिब तथा जेहन्दार विद्यार्थीलाई पोशाक,
कपि, कलम वितरण गरिने सांसद दवाडीले बताउनुभयो ।
लामो समयदेखि समाजसेवीको भूमिकामा गोरखामा काम गर्नुभएका उहाँ विसं २०७४
मंसीरमा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचित सांसद
हुनुहुन्छ ।