कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार

काठमाडौं । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटघाटपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ । तर, नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् ।