काठमाडाैँ, ८ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने अाज अपराह्न स्वदेश फर्कँदै छन्। उनी जेट एयरमार्फत अपराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने छन्।