प्रतिनिधिसभाको बैठक ३ बजे बस्दै

प्रतिनिधिसभाको बैठक ३ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बाेधन गरेपछि स्थगित भएको बैठक आजबाट प्रारम्भ हुन लागेको हो ।