कांग्रेस संसदीय दलको बैठक आज, नीति तथा कार्यक्रम माथी छलफल हुने

कांग्रेस संसदीय दलको बैठक आज, नीति तथा कार्यक्रम माथी छलफल हुने

काठमाडौं, ८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठक डाकेको छ । आज बिहान ११ वजेपछि कांग्रेस संसदीय दलको कार्यादलय सिंहदरवारमा बस्ने बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा पूर्वअर्थमन्त्री तथा योजना आयोगका पूर्व अध्यक्षहरुलाई समेत बैठकमा बोलाइएको छ । सरकारको नीति तथा कार्यक्रममा महत्वपूर्ण र नयाँपन देखिन सक्नुपर्छ, तर लामो र महत्वकांक्षी कार्यक्रम तथा एक वर्षको नीति तथा कार्यक्रम पञ्चवर्षीय योजना जस्तो बनेको कांग्रेसले प्रारम्भिक टिप्पणी गरेको छ ।

आजको बैठकमा सांसदहरुलाई नीति तथा कार्यक्रममाथि संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत पूर्व अर्थमन्त्री तथा योजना आयोगका पूर्वअध्यक्षहरुले प्रशिक्षण समेत दिने बताइएको छ ।

कसले के भने

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथी प्रमुख विपक्षी नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम स्पष्टीकरणजस्तो लागेको भएको छ । उहाँले सरकारको नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्न नै आवश्यक नभएको बताउनुभयो।
त्यसैगरी कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नीति तथा कार्यक्रम सुन्दा राम्रो रहेको र नयाँ योजनाहरू ल्याइएको बताउँदै बजेट प्रस्तुत भएपछि मात्र यथार्थ थाहा हुने बताउनु भएको छ ।

कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रमले स्पष्ट मार्गदिशा नदिएको र प्राथमकिता कार्यान्वयनको स्पष्ट खाका नदेखाएको बताउनु भएको छ ।