

काठमाडौं, ७ जेठ । सरकार गठनको एक सय दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक भएको छैन । कानुनतः सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सार्वजनिक नभए अख्तियार दुरुपयोग अुसन्धान आयोगद्धारा दण्डित हुने व्यवस्था छ । यो खबरआजको नेपाल समाचारपत्रबाट लिएका हौं ।
भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अख्तियार गरेको सरकार प्रमुखसहितको कानुन् मान्नपर्ने प्रशासनविद् डा. काशीराज दाहालको भनाई रहेको छ । सरकारमा बस्नेहरुको सदाचार र पारदर्शिताको लागि सम्पत्ति विवरण बुझाउनु आवश्यक छ, उनले भने ।