सन्दीपले लिए तीन विकेट : एकै ओभरमा पोलार्ड र क्रुनल अाउट

सन्दीपले लिए तीन विकेट : एकै ओभरमा पोलार्ड र क्रुनल अाउट

आइपीएलमा सन्दीप लामिछानेकाे याे सिजनकाे अन्तिम खेलमा तीन विकेट लिएका छन् । दिल्ली र मुम्बई बीचको खेलको नेपाली युवा लेगस्पीनर सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका हुन्।

१० औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दीपले किरण पोलार्ड र क्रुनल पाण्ड्याका विकेट लिएका हुन्।
दिल्लीको पहिलो ओभर नै बलिङ गरेका सन्दीपले सुरुको ३ बलमा १२ रन खर्चे पनि चौथो बलमा मुम्बईका सूर्यकुमार यादवलाई विजय शंकरको हातबाट क्याच आउट गराएका थिए। सन्दीपले २ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइसकेका छन्।