सूचना वर्गीकरणबारे प्रधानमन्त्री प्रचण्ड छलफलमा

सूचना वर्गीकरणबारे प्रधानमन्त्री प्रचण्ड छलफलमा

काठमाडौं । सूचना वर्गीकरणका बारेमा प्रधानमन्त्री प्रचण्डले आज सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ । सूचना वर्गीकरण समितिले प्रधानमन्त्रीलाई जानकारी नदिई ८७ प्रकारका नीतिगत विषयमा सार्वजनिक पहुँचलाई बन्देज लगाएको भन्ने विवरण सार्वजनिक भएपछि आज छलफल हुन लागेको हो । सार्वजनिक पदमा नियुक्त पदाधिकारीको सम्पत्ति विवरणदेखि राजस्व चुहावट, करछली, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन र सोेको अनुगमनसम्बन्धी सूचनासम्मलाई समितिले गोप्यअन्तर्गत वर्गीकरण गरेको छ । यसमा सरोकारवाला निकायले विरोध जनाएका छन् । समितिले गत पुस १२ मा ८७ प्रकारका नीतिगत विषयमा सार्वजनिक पहुँचलाई बन्देज गर्ने निर्णय गरेको थियो ।