रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो

रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता पुन प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपाले आइतबार दिउँसो साढे ३ बजे बैठक बोलाएको हो । लामिछाने पुन: नागरिकता प्राप्त गरेपनि उनलाई फेरि सभापति बनाउने तयारी रहेको छ ।लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुनस् प्राप्त नगरेको कारण अदालतले उम्मेदवारी खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकता नियमवालीको नियम ११ अनुसार नागरिकता पुन: प्राप्तिका लागि निवेदन दिएका थिए । निवेदनअनुसार उनले नागरिकता पुन: प्राप्त गरिसकेका छन् ।