साप्ताहिक राशिफल जेठ ६–१२ गतेसम्मः तपाईंको भाग्यादेश यस्तो छ

साप्ताहिक राशिफल जेठ ६–१२ गतेसम्मः तपाईंको भाग्यादेश यस्तो छ

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सोमबारसम्म शारीरिक कष्ट रहनेछ । खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । मंगलबारबाट कार्यमा सुधार हँदै जानेछ । व्यवसायबाट लाभ देखिन्छ । आर्थिक वृद्धि हुनुका साथै सामाजिक क्षेत्रबाट पनि मान सम्मान प्राप्त हुनेछ । प्रेमा सफलता मिल्ने देखिन्छ । मित्र सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साता मध्यम फलदायी रहनेछ । आर्थिक पक्ष सबल रहनेछ । कला साहित्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । सोचेका काम पूरा हुनेछन् । मित्र सहयोग मिल्नुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । मंगल र बुधबार कार्यमा अवरोधका साथै शत्रु पक्ष सबल रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

यो साता कर्मदायी रहनेछ । मनमा उत्साह छाउनेछ । काम बन्नुका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । विद्याको क्षेत्र सबल देखिन्छ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सामाजिक मान प्रतिष्ठा प्राप्त हुनेछ । बिहीबारबाट खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो साता सुखद् रहनेछ । आर्थिक पक्ष सबल देखिन्छ । मित्र जनबाट पनि साथ सहयोग मिल्नुका साथै रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । विद्या लाभदायी रहनेछ । प्रेममा सफलता मिल्नुका साथै धार्मिक सामिाजिक कार्यमा रुचि जाग्नेछ । आमदानीका स्रोत बढ्ने छन् । स्वास्थ्यको विशेष ध्यान दिनु नै उचित हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साताको उत्तराद्र्ध विशेष फलदायी रहनेछ । सोमबारम्म कार्यमा अवरोध रहनुका साथै स्वास्थ्य उतार चढाव आउने देखिन्छ । मंगलबारबाट क्रमशः कार्य एवं स्वास्थ्यमा सुधार हुँदै जानेछ । आर्थिक वृद्धि हुनुका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । आमदानीका स्रोत बढ्ने छन् । अध्ययनमा रुचि जाग्नुका साथै धार्मिक सामाजिक कार्यमा मन जाने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यो साता फलदायी रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नुक साथै मित्र जनको साथ सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट लाभ हुनुका साथै पदोन्नतिका अवसर प्राप्त हुनेछन् । पराक्रम बढ्नुका साथै मान सम्मान प्राप्तिको योग पनि देखिन्छ । मंगल र बुधबार भने खर्च बढ्नसक्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो साता लाभदायी रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । सुखद् यात्राको योग पनि देखिन्छन् । मित्र सहयोग प्राप्त हुनुका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ । अध्ययनको क्षेत्र मध्यम फलदायी रहने देखिन्छ । सताको अन्त्यतिर खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता सहनसक्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साता उन्नतिकारक रहनेछ । सोचेका काम पूरा हुनेछन् । स्वास्थ्यको क्षेत्र सबल देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै खेल क्षेत्रमा विशेष अभिरुचि रहनेछ । आमदानीका स्रोत बढ्ने छन् । प्रेम जीवन सफल र सबल देखिन्छ । सुखद् यत्राका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोगले साता रमाइलो रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साताको उत्तराद्र्ध विशेष फलदायी रहनेछ । सोमबारसम्म कार्यमा बाधा व्यवधान रहने देखिन्छ । शत्रु पक्ष सबल रहनेछन् । मंगलबारबाट कार्यमा प्रगति हुदै जानेछ । मित्र सहयोग मिल्ने देखिन्छ । विद्या प्राप्तिका साथै मान सम्मनका योग पनि देखिन्छन् । व्यापार व्यवसायबाट पनि लाभ हुनेछ । धन बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साता कर्ममयी रहनेछ । काम बन्नुका साथै अर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य गर्ने ऊर्जा मनमा छाउनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । सामाजिक मान प्रतिष्ठा प्राप्त हुनुका साथै पारिवारिक सुख मिल्नेछ । मंगलबार र बुधबार स्वस्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साता सन्तोषजनक रहनेछ । विद्याको क्षेत्र सबल देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै साहित्यिक कार्यमा मन जानेछ । शत्रु निर्वल देखिन्छन् । कार्यमा प्रगति हुनुका साथै नयाँ कार्य प्राप्तिको योग देखिन्छ । मित्र सहयोग मिल्नुका सथै सुखद् यात्राका अवसर पनि प्राप्त हुने छन् । व्यापार व्यवसाय मध्यम फलदायी रहनेछ । शुक्रबारबाट खर्चमा बृद्धि हने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

यो साता वृद्धिदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । पराक्रम बढ्नुक साथै सामाजिक मन प्रतिष्ठा मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । कार्यमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति पनि हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि लाभ देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल देखिन्छ । शत्रु पराजित हुनेछन् । कार्य लाभका साथै आर्थिक वृद्धि हुने देखिन्छ ।