अमेरिकाको उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउदै

अमेरिकाको उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउदै

काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउदै छिन् । दुई दिने भ्रमणका लागि नेपाल आउने नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो । केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए ।