

काठमाडाैं, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटन एमाले अध्यक्ष ओली पुगेका थिए।दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल भएकाे बुझिएको छ।