गृहमन्त्री लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमा आज अन्तिम सुनुवाइ

गृहमन्त्री लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमा आज अन्तिम सुनुवाइ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आजबाट सुनुवाइ हुँदैछ । संवैधानिक इजलासले पेशी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले लामिछानेविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ हुन लागेको हो ।

यसअघि अमेरिकाको नागरिकता भएकै समयमा नेपाली नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएको भन्दै लामिछानेलाई सांसदका रूपमा शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश अस्वीकार गरिए पनि उक्त प्रयोजनका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।

संवैधानिक इजलासले बहस सुनेपछि अन्तरिम आदेश दिएको थिएन । पुस २२ गते भएको उक्त सुनुवाइपछि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसहित ५ जना वरिष्ठतम न्यायाधीशको इजलासबाट दुवै पक्षबाट पेशी सार्न नमिल्ने र अग्राधिकारसहित माघ ११ गते अर्थात् आजका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो ।