काठमाडौं । सङ्घीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । ८० प्रतिशत शरीर जलेको उनको आज बिहान ५ बजे उपचारकै क्रममा निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए ।