बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै

बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै

काठमाडौं । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो । आज ८ जना मन्त्री नियुक्त हुनेछन् । यस अघि १४ मन्त्रालय रहेको बागमतीमा ३ वटा मन्त्रालय घटाएर ११ वटा मन्त्रालय कायम गर्ने निर्णय भएको छ । बागमतीमा नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ ।