संसद भवनअघि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

संसद भवनअघि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

काठमाडौं । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरे ।

दिउँसो प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ । इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

हाल ती व्यक्ति घाइते भएको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जानकारी दिएकाे छ ।यसबारे अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।