सुदूरपश्चिममा ५.९ म्याग्निच्युडको भूकम्प, बाजुरामा घर भत्कियो

सुदूरपश्चिममा ५.९ म्याग्निच्युडको भूकम्प, बाजुरामा घर भत्कियो

सुदूरपश्चिम, १० माघ।आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो ।

बाजुराको बडिमालिका नगरपालिका-७ मा दुई घर पूर्णरुपमा भत्केको प्रहरीले जानकारी दिएको छ । मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।