प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ । दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभाको बैठक बोलाइएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।

उनका अनुसार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम हेरफेर गर्ने भएका छन् । त्यसैगरी बैठकमा नवनिर्वाचित सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानालाई दलीय आधारमा बधाई तथा शुभकामना दिनका लागि बोल्न दिने आजको सम्भावित कार्यसूची रहेको छ ।