मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नियमित छलफल हुने प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । आजको बैठकमा जनमत पार्टीलाई यसअघि दिने सहमति भएको मन्त्रालय र त्यसो नहुँदा उत्पन्न असन्तुष्टि कसरी सम्वोधन गर्ने भन्ने बारेमा कुराकानी हुन सक्ने स्रोतले बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने माग जनमत पार्टीको थियो तर खानेपानी मन्त्रालय दिइएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी जनमत पार्टीले दिइसकेको छ । प्रधानमन्त्रीले हिजो सहमत भएकै मन्त्रालय दिने आश्वासन दिएको बताइएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा पनि कुराकानी हुने बालुवाटार स्रोतले जनाएको छ ।