आईपीएलमा सन्दीप दोस्रो खेलमा धोनीलाई बलिङ गर्दै

आईपीएलमा सन्दीप दोस्रो खेलमा धोनीलाई बलिङ गर्दै

काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो खेल खेल्ने भएका छन् ।

दिल्ली डेयरडेभिल्सले उनलाई चेन्नई सुपर किंग्ससँग अहिले हुन लागेको खेलमा पनि खेलाउन लागेको हो । सन्दीपले यसअघि शनिबार दिल्लीकै फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बेङलोरविरूद्ध ‘डेब्यु’ गरेका थिए । उनले सो क्रममा ४ ओभरमा २५ रनमात्र खर्चेर भारतको प्रतिनिधित्व गरिसकेका पार्थिव पटेलको विकेट लिएपछि विश्व व्यापी चर्चा बटुलेका थिए । सन्दीपले विराट कोहली र एबी डी भिलियर्सजस्ता विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध कसिलो बलिङ गरे पनि दिल्लीले सो खेल हारेको थियो ।