कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए । शर्माले दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ ।

आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची सार्वजनिक गरिने कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपानेले जानकारी दिइन् । हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यद्यपि दुईजना विना विभागीय मन्त्रीको रूपमा विनोदकुमार शाह र मंगल शाही नियुक्त भएका छन् ।