

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
श्रीवृद्धि, काम बन्नुका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार बढ्ने, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्र लाभ, कीर्ति वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य हानि, खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रीवृद्धि, कार्यलाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य लाभ, धन बढ्नुका साथै गृह सुख मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक अपचलन, मानहानिका साथै अध्ययनमा अवरोध रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्र लाभ, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पराक्रम बढ्ने, मित्र लाभका साथै प्रेममा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श्रीवृद्धि, आय बढ्नुका साथै कीर्तिलाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।