क्रिकेटर सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी छनोट भएका छन् । पल्सर स्पोट्र्स अवार्डमा सन्दीपले क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका पाएका हुन् ।
यसैगरी पारा एथ्लिटतर्फ ह्विलचियर बास्केटबल र क्रिकेटका कप्तान हिमाल लम्साल उत्कृष्ट बनेका छन् । यस्तै नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा उत्कृष्ट प्रशिक्षक घोषित भए ।